२०८२ पुष २४ गते, बिहीबार ०५:१६

जीवनज्योती विद्यालयमा युकेजी विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न

वीरगन्ज-

वीरगन्जको रानिघाटस्थित जीवनज्योती विद्यालयमा अध्ययनरत युकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह शुक्रबार विशेष कार्यक्रमबीच सम्पन्न भएको छ।

बिरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका सञ्चालक शिव गुप्ता, प्याब्सन पर्साका पूर्वअध्यक्ष आलोक चौरसिया, उपाध्यक्ष शर्मा नन्द पल्लबी हर्लालका, अनामिका पुजारीलगायत विशिष्ट अतिथिको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि, विशिष्ट अतिथि र प्रधानाध्यापिकाले संयुक्त रूपमा बिरुवामा पानी हालेर कार्यक्रमको शुभारम्भ गरेका थिए। विद्यालयकी सञ्चालिका मिनाक्षी गुप्ताले विद्यार्थीको सफलताले विद्यालयको पहिचान बढाएको र यसले थप प्रेरणा दिएको बताइन्। उनले युकेजीका विद्यार्थीहरूले बाल्यकालको महत्वपूर्ण चरण पार गर्दै शिक्षाको जग बलियो बनाएको उल्लेख गरिन्। साथै, पिजी देखि युकेजी सम्मका विद्यार्थीलाई शिक्षा, अनुशासन, मनोरञ्जन, खेलकुद र स्वास्थ्यमा ध्यान दिइएको बताउँदै विद्यालयलाई विद्यार्थीको दोस्रो घरको रूपमा सुरक्षित वातावरण प्रदान गरेको उनको भनाइ थियो। गुप्ताले विद्यार्थीहरूको प्रगतिले भविष्यमा ठूलो उपलब्धि हासिल हुने विश्वास व्यक्त गरिन्।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस