काठमाडौं –
नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गर्दै नेपालीहरूलाई भारत र भुटानमा क्यूआर कोड लगायतका विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागको एकीकृत परिपत्र (२०८१) मा यो व्यवस्था उल्लेख गरिएको छ। नेपाली वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको खातामा आवद्ध क्यूआर कोडमार्फत यो सुविधा प्रयोग गर्न सकिनेछ।
राष्ट्रिय भुक्तानी स्विच पूर्ण रूपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्विचमार्फत यो सुविधा उपलब्ध हुने परिपत्रमा उल्लेख छ। भारतमा सामान वा सेवा खरिदका लागि क्रेडिट, डेबिट र प्रिपेड कार्डबाट मासिक एक लाख भारतीय रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ, तर होटल, अस्पताल र औषधि पसलमा यो सीमा लागू हुने छैन।
Post Views: 18