२०८३ असार २० गते, शनिबार १५:१०

विवादित आयोजना प्रमुख साह विभाग तानिए

जनकपुरधाम –

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख इन्जिनियर दीपेन्द्र कुमार साहलाई खानेपानी मन्त्रालयले विभागमा सरुवा गरेको छ।

आयोजनामा कार्यरत कर्मचारीहरूले प्रमुख साहले हैकमवादी प्रवृत्ति देखाउँदै मनपरी गरेको भन्दै उनको सरुवा वा बर्खास्तको माग गरेका थिए। कर्मचारीहरूले मन्त्रालयमा संयुक्त निवेदन दर्ता गराई यदि साहलाई सरुवा वा बर्खास्त नगरिए आफूहरूलाई सरुवा गरिदिन आग्रह गरेका थिए।

निवेदनमा कर्मचारीहरूले साह यसअघि विदेह नगरपालिकामा कार्यरत रहँदा पनि विवादित रहेको र जनकपुर आएपछि गुण्डागर्दी शैलीमा कार्यालय चलाउन खोजेको आरोप लगाएका छन्। उनीहरूले साहले जुन कार्यालयमा गए पनि भ्रष्टाचार र वितण्डा मच्चाउने गरेको दाबी गरेका छन्। विदेह नगरपालिकामा कार्यरत हुँदा उनले एकमुष्ट रूपमा कर्मचारीहरूलाई हटाएको र भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुखसँग कुटाकुटसमेत भएको कर्मचारीहरूको भनाइ छ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस