२०८३ आश्विन २७ गते, मंगलवार २३:५४

संघीय कानून नबन्दा प्रदेश सरकार बुख्याँचा जस्तो भयोः मन्त्री लामिछाने

काठमाडौं – 

वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने र अपराध नियन्त्रण गर्ने कुरामा भुमिका बिहीन भएको बताउनुभएको छ ।

काठमाडौंमा शनिावर आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले संघ सरकारले आवश्यक कानून नबनाइदिँदा प्रदेश सरकारको भुमिका शुन्य देखिएको बताउनुभएको हो । उहाँले संघीय कानूनहरु नबन्दा अहिले प्रदेश सरकारले पर्फमेन्स शुन्य देखिएको र नागरिकको नजरमा पनि प्रदेश सरकारको आवश्यकता नरहेको भन्ने भ्रम पैदा भएको बताउनु भयो । उहाँले संघ सरकारले छिटो भन्दा छिटो संघीय कानून बनाएर प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्नुपर्ने बताउनु भयो ।

प्रदेश सरकार गठन भएको ७ वर्ष भइसक्दा पनि संघीय निजामति, संघीय प्रहरी ऐन र शिक्षा ऐन लगायतका विषयहरु संघीय कानून नभएको कारणले प्रदेश सरकार बुख्याँचा जस्तो भएको टिप्पणी गर्नुभयो । समय सापेक्ष कानून नहुँदा प्रदेश सरकारलाई काम गर्न धेरै कठिनाइ भइरहेको उहाँको भनाइ छ ।

जनताले प्रदेश सरकारको भुमिका देख्नको लागि संघ सरकारले जतिसक्दो छिटो कानून बनाइदिनुपर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारको काम नीति तथा कार्यक्रममा बढी केन्द्रित भएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस