२०८३ बैशाख १ गते, मंगलवार २०:२१

पर्साका सरकारी कार्यालयको पूँजीगत खर्च निराशाजनक, चैतसम्म जम्मा २७.९६% खर्च

पर्सा-

पर्साका सरकारी कार्यालयहरूले चालु आर्थिक वर्ष २०८१/८२ मा विकास निर्माणका लागि लक्षित पूँजीगत खर्च अपेक्षाकृत रूपमा गर्न नसकेको पाइएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका अनुसार चालु आर्थिक वर्षमा पर्साका सरकारी कार्यालयहरूका लागि विनियोजित दुई अर्ब ७३ करोड पूँजीगत बजेटमध्ये चैत मसान्तसम्म जम्मा २७.९६ प्रतिशत अर्थात् ७६ करोड ६० लाख मात्र खर्च भएको छ।

कोष नियन्त्रक मनोजकुमार जोशीले सरकारी कार्यालयहरूले पूँजीगत खर्चमा अपेक्षित प्रगति हासिल गर्न नसकेको बताए। “चालु आर्थिक वर्ष सकिन अब तीन महिनाभन्दा कम समय बाँकी छ,” उनले भने, “संघीय सरकारको हाराहारीमा पनि यहाँका कार्यालयले पूँजीगत खर्च गर्न सकिरहेका छैनन्।” उनले विकास निर्माणका कार्यलाई गति दिन पूँजीगत खर्च बढाउन कार्यालयहरूलाई अनुरोध गरे।

यसैगरी, चालु खर्चतर्फ विनियोजित १० अर्ब ६२ करोडमध्ये ६४.८९ प्रतिशत अर्थात् ६ अर्ब ८९ करोड खर्च भएको छ।

राजस्व संकलनतर्फ भने पर्साका सरकारी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक खर्ब ६१ करोड संकलन गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० करोड बढी हो। गत वर्ष सोही अवधिमा एक खर्ब ५१ करोड राजस्व संकलन भएको थियो।

पर्सामा ६० भन्दा बढी संघीय सरकार मातहतका कार्यालयहरू सञ्चालनमा रहेका छन्।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस