२०८३ बैशाख १ गते, मंगलवार १९:५४

सरकारी उपसचिव र विमानस्थल कर्मचारी बनेर ठगी गर्ने महिला पक्राउ

काठमाडौं –

आफूलाई कानून मन्त्रालयको उपसचिव र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने एक महिलालाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ।

प्रहरीले दैलेख घर भई ललितपुर बस्ने ४० वर्षीया जानकी न्यौपानेलाई काठमाडौंको त्रिपुरेश्वर क्षेत्रबाट पक्राउ गरेको हो। न्यौपानेले फरक-फरक व्यक्तिहरूलाई सरकारी जागिर लगाइदिने, विमानस्थलको ठेक्का मिलाइदिने तथा अनुदान व्यवस्था गरिदिने जस्ता प्रलोभन देखाएर ७ लाख ६० हजार ८ सय रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ।

अनुसन्धानका अनुसार, न्यौपानेले ठगी गर्नका लागि आफूलाई सरकारी उपसचिवको रूपमा प्रस्तुत गरी मानिसहरूको विश्वास जित्ने गरेकी थिइन्। उनले राजस्व र धरौटी रकमको नाममा पैसा उठाएकी थिइन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई केही पीडितहरूसँग बाँकी रकम मागिरहेकै अवस्थामा नियन्त्रणमा लिएको हो।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस