२०८२ असार १६ गते, सोमबार २३:१२

पर्सा –

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक गरेको छ। शिक्षक आन्दोलनका कारण बोर्डले हिजो मात्रै वैशाख ११ गतेदेखि तय गरिएको परीक्षा मिति १० दिन पछि सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको थियो। संशोधित तालिका अनुसार, परीक्षा अब जेठ २ गतेसम्म सञ्चालन हुनेछ।

राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नियमित तथा आंशिकतर्फका परीक्षार्थीहरुका लागि संशोधित परीक्षा तालिका प्रकाशन गरेको हो। विद्यार्थीहरुले बोर्डको आधिकारिक वेबसाइटमा गएर विस्तृत तालिका हेर्न सक्नेछन्। शिक्षक आन्दोलनका कारण परीक्षाको मिति परिवर्तन भएपछि विद्यार्थी र अभिभावकहरुलाई केही असहजता भए पनि बोर्डले यथाशीघ्र नयाँ तालिका सार्वजनिक गरेको हो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस