काठमाडौं-
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ३२ दशमलव ३९ अंकले घटेर दुई हजार छ सय ५५ दशमलव ९४ को बिन्दुमा कायम भएको छ। यो साताको कारोबारमा नेप्से परिसूचक लगातार चौथो दिन पनि घटेको हो।
नेप्सेका अनुसार, आज तीन सय आठ कम्पनीको एक करोड ८४ लाख ७७ हजार सात सय तीन कित्ता शेयर ६४ हजार एक सय ४० पटक खरिदबिक्री हुँदा सात अर्ब ५७ करोड ५५ लाख १७ हजार दुई सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको उपसूचकमा सामान्य वृद्धि देखिए पनि अन्य सबै समूहको उपसूचक भने घटेको छ। सबैभन्दा बढी विकास बैंक समूहको उपसूचक दुई दशमलव शून्य नौ प्रतिशतले घटेको छ। लगातारको गिरावटले लगानीकर्ताहरूमा चिन्ता बढाएको छ।
Post Views: 43