२०८२ असार १७ गते, मंगलवार २०:१४

काठमाडौं –

जोर्डनका गृहमन्त्री माजेन फरायेहले बुधवार मुस्लिम ब्रदरहुडको सबै गतिविधिहरूमा प्रतिवन्धको घोषणा गर्दै समूहसँग सम्बन्धित पाइएका कुनैपनि व्यक्ति वा संस्था विरुद्ध आवश्यक कारबाही गर्ने बताउनुभएको छ । राज्यद्वारा सञ्चालित अल ममलाका टिभीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रीले समूहको कुनैपनि गतिविधि, तिनीहरूको प्रकृति जस्तोसुकै भएपनि कानूनको उल्लङ्घन मानिने र कानूनी जवाफदेहिताको अधीनमा रहने कुरामा जोड दिनुभयो । फरायेहले सम्बन्धित अदालतको फैसलाअनुसार मुस्लिम ब्रदरहुडको सम्पत्ति जफत गर्ने जिम्मेवारी पाएको विघटन समितिको कामलाई तिब्र बनाउन आग्रह गर्नुभयो ।

उहाँले समूहले प्रयोग गर्ने सबै कार्यालय वा परिसर बन्द गर्ने निर्णयको पनि घोषणा गर्नुभयो । मन्त्रीले राजनीतिक शक्तिहरू, मिडिया आउटलेटहरू, सामाजिक सञ्जाल प्रयोगकर्ताहरू, नागरिक समाज संस्थाहरू र अन्य कुनैपनि पक्षहरूलाई मुस्लिम ब्रदरहुड र यसका सबै मोर्चा वा शाखाहरूसँग सम्बन्धित सामग्रीमा संलग्न हुन वा प्रकाशित गर्न निषेध गरिएको बताउनु भयो ।

फरायेहले खुलासा गर्नुभयो कि समूहले विस्फोटक पदार्थ उत्पादन र परीक्षण गर्ने प्रयास गरिरहेको, राज्य भित्र सुरक्षा बल र संवेदनशील स्थलहरूलाई लक्षित गर्ने योजना बनाएको पाइएको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस