२०८२ असार १७ गते, मंगलवार १७:०६

काठमाडौं –

कम्बोडिया र थाइल्याण्डले बुधवार पारस्परिक हितका लागि सबै क्षेत्रमा द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ प्रवद्र्धन गर्ने प्रतिवद्धता गर्नुभएको छ । कम्बोडियाली प्रधानमन्त्री हुन मानेट र भ्रमणमा रहेका थाई प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्राबीच नोम पेन्हमा भएको भेटघाटमा यो प्रतिवद्धता गरिएको हो । वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै हुन मानेटले दुवै पक्ष व्यापार, लगानी, पर्यटन, कनेक्टिभिटी, श्रम, शिक्षा, पूर्वाधार, संस्कृति, सुरक्षा र सीमापार अपराध र अनलाइन घोटाला विरुद्ध लड्न सहयोगलाई अझ प्रवद्र्धन गर्न सहमत भएका छन् ।

उहाँले थाईल्याण्ड कम्बोडियाको एक महत्वपूर्ण व्यापारिक साझेदार र प्रमुख लगानीकर्ता भएको बताए, कम्बोडियामा उनीहरूको विश्वास र लगानीको लागि थाई व्यवसायीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । हुन मानेटले कम्बोडिया थाईल्याण्डसँग शान्ति, स्थिरता, सहयोग र समृद्धिको सीमारेखा निर्माण गर्न प्रतिवद्ध रहेको बताउनु भयो । आफ्नो तर्फबाट पैटोङटार्नले दुवै पक्षले आर्थिक सहयोगलाई अझ गहिरो बनाउन सहमत भएको बताउनु भयो । जसले गत वर्ष १० अर्ब डलरबाट २०२७ मा द्विपक्षीय व्यापारको मात्रा १५ अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस