२०८२ आश्विन २० गते, सोमबार १६:३७

आईपीएल क्रिकेट: आज पन्जाब र चेन्नईबीच रोमाञ्चक भिडन्त

काठमाण्डौ –

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल चेन्नईमा नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

पन्जाब किङ्ग्स ९ खेलमा ११ अङ्कसहित अङ्क तालिकाको पाँचौं स्थानमा छ भने चेन्नई सुपर किङ्ग्स समान ९ खेलमा ४ अङ्कसहित तालिकाको पुछारमा रहेको छ । चेन्नई यसअघि नै प्लेअफको होडबाट बाहिरिइसकेको छ ।

यसैबीच, हिजो भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको थियो ।

पोडकास्ट सुन्नुहोस