२०८३ असार २० गते, शनिबार ११:११

स्वीडेनको उपसालामा गोलीबारी, तीन जनाको मृत्यु, संदिग्धको खोजी तीव्र

काठमाण्डौ –

स्वीडेनको उपसाला सहरमा भएको गोलीबारीमा तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । गोलीबारी सहरको मध्यभागमा रहेको वाक्सला स्क्वेयर नजिकैको एक कपाल काट्ने सैलुनमा भएको हो । प्रत्यक्षदर्शीका अनुसार गोली प्रहार गर्ने व्यक्ति स्कूटर चढेर भागेको छ । प्रहरीले संदिग्धको खोजी तीव्र बनाएको छ र छानबिन जारी राखेको छ ।

यो घटना वालपुर्गिस स्प्रिङ फेस्टिभलको पूर्वसन्ध्यामा भएको हो, जुन समयमा उपसाला सहरमा निकै भीड हुन्छ । “सबै कुरा यति छिटो भयो कि धड्याम-धड्याम मात्रै सुनियो,” एक प्रत्यक्षदर्शीले स्वीडिश च्यानल टीभीफोरलाई बताए । अर्का एक व्यक्तिले घरमा खाना बनाइरहेको बेला गोलीको आवाज सुन्दा पटका पड्किएको होला भन्ने ठानेको, तर सडकमा प्रहरी र एम्बुलेन्सको ताँती देखेपछि डराएको बताए ।

प्रहरीका अनुसार एक पीडितमाथि गिरोहको नेताका आफन्तविरुद्ध आक्रमणको षडयन्त्र रचेको आशंकामा छानबिन भइरहेको छ । हालैका वर्षहरूमा स्वीडेनमा गोलीबारी र ग्याङ्ग हमला बढ्दै गएको छ, जसका कारण सरकारले बन्दुकसम्बन्धी कानुनलाई कडा गर्ने बताएको छ ।

संदिग्धलाई पक्रन प्रहरीले हेलिकप्टरको प्रयोग गरिरहेको छ भने भाग्न नदिन घटनास्थल वरपरको रेल सेवा ठप्प पारिएको छ । प्रहरीले प्रत्यक्षदर्शीहरूबाट थप जानकारी संकलन गर्न आसपासका घरहरूमा सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस