२०८३ आश्विन २७ गते, मंगलवार २३:२३

रेशम चौधरी पक्राउ, नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकीकरण

काठमाडौं –

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने एकीकरण कार्यक्रममा सहभागी हुन पुगेका चौधरीलाई कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।

एकीकरणपछि बन्ने नयाँ पार्टीको नाम नागरिक जनमत रहने र यसको संरक्षकमा रेशम चौधरी रहने समझदारी भएको थियो । त्यस्तै, पार्टीको अध्यक्षमा जनमत पार्टीका नेता सिके राउत र सहअध्यक्षमा नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ रहने तय भएको छ ।

पक्राउको कारणबारे प्रहरीले हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन । यो घटनाले एकीकरण कार्यक्रममा प्रभाव पार्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस