२०८३ असार २० गते, शनिबार ११:१२

२१ दिनका लागि बजारबाट ५० अर्ब खिच्न शुरु

काठमाडौं –

नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब खिच्न शुरु गरेको छ । २१ दिनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको माध्यमबाट तरलता व्यवस्थापनका लागि बजारबाट निक्षेप उठाउन शुरु गरेको हो । निक्षेप संकलन खरिदका लागि आज बिहानदेखि दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सिस्टम शुरु भइसकेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बोलकबोलमा सहभागि हुन आह्वान गरिसकेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस