२०८३ असार २० गते, शनिबार ११:१२

स्थानीय न्याय पहुँचलाई प्रभावकारी बनाउन न्यायिक सहजकर्ताहरूलाई क्षमता अभिवृद्धि तालिम

काठमाडौं –

वागमती प्रदेश सरकारले स्थानीय न्यायिक सहजकर्ताहरूको एकदिने क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ ।

स्थानीय न्याय पहुँचलाई प्रभावकारी बनाउने उद्देश्यसहित सहजकर्ताहरूको ज्ञान, सीप र कार्यकुशलता अभिवृद्धि गर्ने उद्देश्यले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले तालिमको आयोजना गरेको हो । तालिममा कानूनी साक्षरता, वैकल्पिक विवाद समाधान प्रणाली र स्थानीय न्यायिक समितिका कार्यप्रणालीबारे प्रशिक्षण गरिने बताइएको छ ।

तालिको उद्घाटन सत्रमा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णबहादुर शाहीले पालिकाको न्यायिक निरुपणमा सहजिकरण गर्न स्थानीय सहजकर्ताको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले स्थानीय तहसँग न्यायिक सुधारका काममा प्रदेश सरकार समन्वय गर्न सधैं तत्पर रहेको बताउनु भयो । उहाँले पछिल्लो समय मेलामिलापकर्ता हरेक टोल र समाजमा आवश्यक पर्ने उल्लेख समेत गर्नुभयो ।

सहभागीहरूले तालिमबाट न्यायिक आचरण, मुद्दा व्यवस्थापन तथा स्थानीय सरकारसँगको समन्वयबारे महत्वपूर्ण ज्ञान हासिल गर्ने विश्वास लिएका छन् ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस