२०८३ असार २० गते, शनिबार ११:११

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझायो सुशासन र विकासका लागि मागपत्र

काठमाडौं –

नेकपा (एकीकृत समाजवादी) ले मुलुकको आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मागपत्र बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेटमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरूले मागपत्र बुझाएका हुन् ।

‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नारासहितको मागपत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति र संविधान पुनरावलोकनका लागि सुझाव समेटिएका छन् । साथै, गत चैत १५ गते तीनकुनेमा भएको घटनामा एकीकृत समाजवादीको कार्यालयमा भएको तोडफोडको उचित क्षतिपूर्तिको माग पनि अध्यक्ष नेपालले गरेका छन् ।

मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा प्राप्त सुझावप्रति धन्यवाद व्यक्त गरे । नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेको उल्लेख गर्दै उनले बजेट निर्माणमा यी सुझाव समेट्ने प्रयास गर्ने विश्वास दिलाए । उनले प्रतिगामी र अतिवादी तत्वहरूका अवाञ्छित क्रियाकलापको विरोध गर्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिमण्डलमा अध्यक्ष नेपालसहित वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, सचिव सावित्राकुमारी भुसाललगायत सहभागी थिए । करिब एक घण्टा चलेको भेटमा समसामयिक राजनीतिक विषयमा अनौपचारिक कुराकानी र विगतका घटनाहरूको स्मरण गरिएको थियो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस