२०८३ आश्विन २७ गते, मंगलवार २३:२३

प्रधानमन्त्री ओलीको भनाइ: तानाशाही राजतन्त्र अब कहिल्यै फर्किंदैन

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट तानाशाही राजतन्त्र भूतप्रेत बनिसकेको र अब कहिल्यै फर्केर नआउने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले गणतन्त्र स्थापना भइसक्दा पनि स्वतन्त्रता नचाहेर रैती बन्न चाहनेहरूले व्यवस्थाको विरोध गर्ने गरेको उल्लेख गरे ।

“राती चारवटा स्याल कराउँदा वनै भन्किएजस्तो हुन्छ, तर तिनको कराइले केही हुँदैन । राजा हुने सपना देख्नेहरूको अब सपना मात्रै बाँकी छ,” उनले भने । उनले यस्ता प्रवृत्तिविरुद्ध सांस्कृतिक ढ्याङ्ग्रो बजाउनुपर्ने भन्दै सृजनात्मक अभियानलाई तीव्रता दिन कलाकारहरूलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले राजतन्त्र फर्किंदैन भन्ने सन्देश बोकेर कलाकार सुरक्षा पन्तले बनाएको फिल्म बहिष्कार गर्नेहरूलाई सचेत गराउँदै देश र जनताको पक्षमा राम्रा फिल्म र नाटक बनाए दर्शकको कमी नहुने स्पष्ट पारे । उनले जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि सकारात्मक सृजना गर्न जोड दिए ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस