२०८२ असार १७ गते, मंगलवार १६:५४

काठमाडौं –

उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बोलेरभन्दा कामले नतिजा देखाउनुपर्ने बताएका छन् । केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिले आयोजना गरेको श्रीमद्भागवत सप्ताह तण्डुलाचल शृङ्गारिक आरती महायज्ञको उद्घाटन समारोहमा बोल्दै उनले जनताले कामको आधारमा मात्र विश्वास गर्ने बताए ।

“जनताले विश्वास काम गरेपछि मात्र गर्छन्, अब बोलेर होइन, कामबाट उपलब्धि देखिनुपर्छ,” उनले भने । उनले पूर्वाधार निर्माणमा तीनै तहका सरकारका जनप्रतिनिधिहरूबीच समन्वय र सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए । साथै, आगामी बजेटमा विकास निर्माणका आवश्यकता र प्राथमिकताका आधारमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

केदारनाथ मन्दिर महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीप प्रताप खाँडले धार्मिक एवं ऐतिहासिक स्थल केदारनाथको पहिचान संरक्षण गर्दै शिव धामका रूपमा स्थापित गर्न महायज्ञ आयोजना गरिएको बताए । वालिङ नगरपालिकाको सहआयोजनामा सञ्चालित यो महायज्ञ आजदेखि वैशाख २३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस