२०८३ आश्विन २७ गते, मंगलवार २३:२८

 उपप्रधानमन्त्री सिंहको भनाइ: बोलेर होइन, कामले जनताको विश्वास जित्नुपर्छ

काठमाडौं –

उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बोलेरभन्दा कामले नतिजा देखाउनुपर्ने बताएका छन् । केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिले आयोजना गरेको श्रीमद्भागवत सप्ताह तण्डुलाचल शृङ्गारिक आरती महायज्ञको उद्घाटन समारोहमा बोल्दै उनले जनताले कामको आधारमा मात्र विश्वास गर्ने बताए ।

“जनताले विश्वास काम गरेपछि मात्र गर्छन्, अब बोलेर होइन, कामबाट उपलब्धि देखिनुपर्छ,” उनले भने । उनले पूर्वाधार निर्माणमा तीनै तहका सरकारका जनप्रतिनिधिहरूबीच समन्वय र सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए । साथै, आगामी बजेटमा विकास निर्माणका आवश्यकता र प्राथमिकताका आधारमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

केदारनाथ मन्दिर महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीप प्रताप खाँडले धार्मिक एवं ऐतिहासिक स्थल केदारनाथको पहिचान संरक्षण गर्दै शिव धामका रूपमा स्थापित गर्न महायज्ञ आयोजना गरिएको बताए । वालिङ नगरपालिकाको सहआयोजनामा सञ्चालित यो महायज्ञ आजदेखि वैशाख २३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस