२०८३ बैशाख १ गते, मंगलवार २३:१४

गणतन्त्र र राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण जरुरीः राप्रपा अध्यक्ष लिङदेन

काठमाडौं-

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण हुन जरुरी रहेको बताउनुभएको छ ।

राजसंस्था पुनःस्थानाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीवार काठमाडौंमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा रहेका अन्य दलका नेता कार्यकतालाई ध्रुवीकरण हुन आह्वान गर्नुभएको हो । उहाँले राष्ट्रवादीहरुको आन्दोलन देशका लागि भएकोले सम्पूर्ण देशवासीलाई आन्दोलनमा सहभागी हुन आग्रहसमेत गर्नुभयो ।

अबको आन्दोलन सफल नभएसम्म नरोकिने दाबी गर्दै अध्यक्ष लिङदेनले मुलुक यही अवस्थामा बसिरहन नसक्ने भएकाले अब नयाँ सम्झौतामा जानुपर्ने स्पष्ट पार्नुभयो । यदी आपूmहरुको प्रश्ताव अस्वीकार गरी गणतन्त्र पक्षधरले दमनको बाटो रोजे उनीहरु बढारिने चेतावनीसमेत दिनुभयो ।

अध्यक्ष लिङदेनले अबदेखि राप्रपाका सबै कार्यक्रम आन्दोलनको एउटा अंगको रुपमा अघि बढ्ने घोषणासमेत गर्नुभयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस