काठमाडौं —
सोमवार अंकारामा आफ्ना सिरियाली र जोर्डनका समकक्षीहरूसँगको संयुक्त पत्रकार सम्मेलनमा टर्कीका विदेशमन्त्री हकान फिदानले रुस र युक्रेन बीचको शान्ति वार्तालाई सहज बनाउन टर्कीको प्रतिवद्धता दोहो¥याउनुभएको छ । सबै प्रकारका योगदानहरू प्रदान गर्न आफूहरु तयार रहेको उहाँको भनाइ छ । फिदानले प्रश्तावित बैठकको मोडालिटीको बारेमा छलफल अझै जारी रहेको उल्लेख गर्नुभयो । युक्रेनले वार्ता शुरु हुनुभन्दा पहिले युद्धविरामको माग गर्ने र रूसले कुनैपनि युद्धविराम घोषणा गर्नुभन्दा पहिले वार्ता शुरु गर्न रुचाउने उहाँको भनाइ छ । दुवै पक्षले अमेरिकी समर्थनलाई निरन्तरता दिन खोजिरहेको उहाँको भनाइ छ ।
आइतबार क्रेमलिनमा पत्रकारहरूसँग रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे १५ मा इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्ता पुनः शुरु गर्ने प्रश्ताव राख्नुभएको छ । पुटिनले रूस चलिरहेको द्वन्द्वको मूल कारणहरूलाई सम्बोधन गर्न र दिगो र स्थिर शान्तिको लागि आधार तयार गर्न युक्रेनसँग गम्भीर वार्ता गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।
२०२२ मा रूसी र युक्रेनी वार्ताकारहरूले इस्तानबुलमा प्रत्यक्ष वार्ता गरे पनि लडाई रोक्ने विषयमा सहमतिमा पुग्न असफल भएका थिए ।