२०८२ भाद्र ५ गते, बिहीबार २०:१८

काठमाडौँ-

भारतसँगको पछिल्लो द्वन्द्वमा पाकिस्तानले ११ सैनिकसहित ५१ जनाको ज्यान गएको जानकारी दिएको छ। पाकिस्तानी सेनाका अनुसार १९९ जना घाइते भएका छन्।

सेनाको इन्टरसर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले मंगलबार यस्तो जानकारी दिएको हो। पाकिस्तानी सेनामा ७८ जना घाइते भएको जनाइएको छ। आईएसपीआरले ‘६-७ मे २०२५ को रातमा, भारतीय सशस्त्र बलले महिला, बालबालिका र वृद्धवृद्धासहित निर्दोष नागरिकलाई लक्षित गर्दै अकारण र निन्दनीय कायर आक्रमण गरेको’ भनेको छ।

सेनाका अनुसार ती आक्रमणमा ७ महिला र १५ बालबालिकासहित ४० सर्वसाधारणको मृत्यु भएको छ। त्यस्तै १० महिला र २७ बालबालिकासहित १२१ ना घाइते भएका छन्। सेनाको विज्ञप्‍तिअनुसार ज्यान गुमाउनेमा पाकिस्तानी सैनिकका नाइक अब्दुल रहमान, लान्स नाइक दिलावर खान, लान्स नाइक इकरामुल्लाह, नाइक वकार खालिद, सिपाही मुहम्मद अदील अकबर र सिपाही निसार रहेका छन्। पाकिस्तानी वायुसेनाका स्क्वाड्रन लिडर उस्मान युसुफ, प्रमुख प्राविधिक औरंगजेब, वरिष्ठ प्राविधिक नजीब, कर्पोरल प्राविधिक फारुक र वरिष्ठ प्राविधिक मुबाशिरले पनि ज्यान गुमाएका छन्।

सहिदको बलिदान साहस, समर्पण र देशभक्तिको प्रतिक भन्दै सार्वभौमसत्ता वा क्षेत्रीय अखण्डतामाथि कुनै पनि चुनौतीलाई तत्काल, पूर्ण र निर्णायक जवाफ दिने समेत उल्लेख गरिएकाे छ। जम्मु कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाले ज्यान गुमाएका थिए। त्यसपछि भारत र पाकिस्तानबिच तनाव सुरु भएको हो। गत बुधबारदेखि चार दिन चलेको तनाव शनिबार अमेरिकाको हस्तक्षेपपछि रोकिएको छ। एजेन्सी

प्रतिक्रिया

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

पोडकास्ट सुन्नुहोस