२०८३ बैशाख २ गते, बुधबार ११:२१

वीरगन्जको बाइपास सडक खण्डमा बसको ठक्करबाट साइकल यात्री गम्भीर घाइते

वीरगन्ज –

वीरगन्जको बाइपास सडक खण्डमा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा एक वृद्ध गम्भीर घाइते भएका छन्। बसपार्कबाट प्रतिमा चोकतर्फ जाँदै गरेको ना ४ ख ३९३५ नम्बरको बसले वीरगन्ज महानगरपालिका–१२ को कृष्णप्रणामी चोक नजिकै साइकलमा रहेका ७३ वर्षीय ननक राउत यादवलाई आज दिउँसो ठक्कर दिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्टका अनुसार, घाइते यादव वीरगन्ज महानगरपालिका–१५ भिस्वाका बासिन्दा हुन्। ठक्करबाट उनको अनुहार र टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई तत्काल उद्धार गरी उपचारका लागि तराई अस्पताल लगिएको छ, जहाँ उनको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीले ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको छ, तर बसका चालक भने फरार रहेका छन्। चालकको खोजी कार्य तीव्र पारिएको प्रहरी निरीक्षक भट्टले बताए। यो घटनाले बाइपास सडकमा सवारी चालकको लापरबाही र साइकल यात्रीको सुरक्षाप्रति स्थानीयमा चिन्ता बढाएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस