२०८२ असार १७ गते, मंगलवार १३:३८

काठमाण्डौ – 

टर्की राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलवार अंकारामा नेटो महासचिव मार्क रुटसँगको भेटमा रूस र युक्रेन बीचको युद्धविरामको लागि आफ्नो समर्थन दोहो¥याउनुभएको छ । एर्दोगानले टर्कीले न्यायपूर्ण र दिगो शान्ति प्राप्त गर्न आफ्नो कूटनीतिक प्रयासहरू तिब्र पारिरहेको बताउनु भयो । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुवैसँग कुरा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एर्दोगानले टर्कीले द्वन्द्वमा आफ्नो तटस्थ अडान कायम राखेको र शान्तिको अवसर गुमाउनु हुँदैन भनेर आग्रह गरेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस