२०८२ असार १७ गते, मंगलवार १०:४०

काठमाण्डौ – 

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) द्वारा गरिएको आत्म–विघटन घोषणालाई आतंकवाद विरुद्धको टर्कीको दशकौं लामो द्वन्द्वमा एक प्रमुख कोशेढुङ्गा भएको बताउनुभएको छ । टर्कीलाई आतंकवादमुक्त देश बनाउने प्रक्रियामा अर्को महत्वपूर्ण सीमा पार गरेको उहाँको भनाइ छ । एर्दोगानले टर्कीका गुप्तचर र अन्य राज्य संस्थाहरूले कुनैपनि सुरक्षा कमजोरी रोक्न समूहको विघटन प्रक्रियालाई नजिकबाट निगरानी गर्ने बताउनु भयो ।

टर्कीले नियमित रूपमा उत्तरी इराकमा पिकेके विरुद्ध सीमापार सैन्य कारबाही सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस