२०८२ असार १७ गते, मंगलवार १७:०१

काठमाडौं

संघीय संसद्को प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओली ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ।

बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह ले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी ले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

संसद् सचिवालयले यी कार्यसूचीले मुलुकको विकास, पूर्वाधार र भूमि व्यवस्थापनका महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस