२०८३ बैशाख २ गते, बुधबार ०२:०६

बैंकहरूले धितोको भ्यालुएसनमा ठगी गरेको सांसद जैसवालको आरोप

काठमाडौं –

प्रतिनिधिसभा सदस्य बिना जैसवालले बैंकहरूले धितोको उचित भ्यालुएसन नगरी ठगी गरेको आरोप लगाएकी छिन्। मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरूले ऋणीलाई कठिनाइमा पारेर धितोको सम्पत्तिलाई कौडीको भाउमा लिलामीमा राख्ने गरेको बताइन्।

“राम्रो भ्यालुएसन गरेको धितो बापत राखिएको सम्पत्तिलाई खराब ऋणमा परिणत भएपछि सीमित व्यक्तिका लागि कौडीको भाउमा लिलामीमा राखिन्छ, यो ठगी हो,” उनले भनिन्। उनले नेपाल राष्ट्र बैंकले पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न जिम्मेवारी लिनुपर्ने र भ्यालुएसनको उचित व्यवस्था गर्नुपर्ने माग गरिन्।

साथै, जैसवालले बैंकहरूले २४सैं घण्टा एटिएम सेवा सञ्चालन गर्नुपर्ने बताइन्। “सेवाग्राहीले समयमै दस्तुर तिरेका छन्, व्यापार निष्पक्ष र नैतिक हुनुपर्छ,” उनले जोड दिइन्।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस