२०८२ असार १७ गते, मंगलवार १७:२२

काठमाडौं-

नेपाली काँग्रेसकी सांसद रमा कोईरालाले ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले एलपी ग्याँस सिलिण्डर साट्दा ठग्ने काम गरिएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले एलपी ग्याँसका धेरै प्रकारका सिलिण्डरहरु बजारमा रहेको र ग्याँस अभावको नाटक गरेर सिलिण्डर साट्न लगाइ ठग्ने काम गरिएको बताउनु भयो । उहाँले सिलिण्डर साट्दा पाँच सयदेखि एक हजार रुपैयाँसम्म लिने गरेको भन्दै अनुगमन गर्न आग्रह गर्नुभयो ।

सांसद कोईरालाले सरकारले तत्काल यस्ता कामको निगरानी गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस