२०८३ बैशाख १ गते, मंगलवार २३:३७

अहिले राजा ल्याउनु हुँदैनः नारायणमान बिजुक्छे

काठमाडौं-

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजा ल्याउनु नहुने बताउनुभएको छ ।

मंगलवार भक्तपुरमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै उहाँले नेपालमा अहिले राजतन्त्र ल्याउन नहुने बताउनुभएको हो । उहाँले संवैधानिक राजतन्त्र नमानेकाले नै तत्कालिन राजा ज्ञानेन्द्र शाह राजाबाट हट्नुपरेको बताउनु भयो । उहाँले भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको खण्डमा देशमा युद्ध हुने बताउनु भयो । उहाँले राजतन्त्र पुनःस्थापनका लागि बन्दुक बाहेकको उपाय नरहेको र बन्दुक उठाएपछि फेरि त्यसको बिरुद्धमा लडाईं हुने जिकिर गर्नुभयो ।

अध्यक्ष बिजुक्छेले अहिलेका राजनीतिक दलहरुले कार्यकर्ताहरुलाई पैसा, जग्गा बाँड्ने काम मात्रै गरेको आरोप लगाउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस