२०८३ बैशाख १ गते, मंगलवार २३:४०

नेपाल टेलिकमको मोबाइल डेटा सेवामा समस्या, टाटाको लिङ्क डाउन हुँदा प्रभावित

काठमाडौँ-
नेपाल टेलिकमको मोबाइल डेटा सेवामा मङ्गलबार दिउँसो केही समय समस्या देखिएको छ। अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायक टाटाको लिङ्कमा खराबी आएपछि सेवा प्रभावित भएको कम्पनीले जनाएको छ।

नेपाल टेलिकमका सहप्रवक्ता नवीन मिश्रले यो समस्या कम्पनीको आन्तरिक कारणले नभई टाटाको अन्तर्राष्ट्रिय ब्यान्डविथ लिङ्कमा आएको समस्याका कारण भएको बताए। उनका अनुसार मङ्गलबार दिउँसो २:०३ बजे टाटाको लिङ्क डाउन भएको थियो।

“हाम्रो अन्तर्राष्ट्रिय ब्यान्डविथमध्ये टाटाको लिङ्क डाउन भएपछि सबै ट्राफिक एयरटेलतर्फ मोडिँदा इन्टरनेट सुस्त भएको हो,” सहप्रवक्ता मिश्रले टेकपानासँग भने, “करिब २:३० बजेतिर टाटाको लिङ्क पुनः सुचारु भएपछि इन्टरनेट सेवा सामान्य अवस्थामा फर्किएको छ।”

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय ब्यान्डविथका लागि टाटा र एयरटेलसँग सहकार्य गरेको छ। टाटाको लिङ्कमा समस्या आउँदा सम्पूर्ण ट्राफिक एयरटेलमा केन्द्रित हुँदा अत्यधिक चापका कारण ग्राहकले इन्टरनेट सेवा सुस्त अनुभव गरेका थिए। कम्पनीले सेवालाई सामान्य अवस्थामा फर्काउन तत्काल पहल गरेको र हाल सेवा सुचारु भएको जनाएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस