२०८२ असार १७ गते, मंगलवार १०:५५

काठमाडौं-

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले प्रदेशको सांस्कृतिक विविधता र किराँत धर्मलाई उजागर गर्न ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२’ मनाउन लागिएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले यस्तो बताउनुभएको हो । उहाँले प्रदेशको भेषभूषा, रहनसहन र संस्कृतिहरु विशेष रहेको उल्लेख गर्दै त्यसको उजागर गर्नको लागि प्रदेश सरकार लागि परेको बताउनु भयो । उहाँले पदमार्गमा आधारित पर्यटन प्रवद्र्धन गर्न चारवटा तिब्बत मार्ग निर्माणको काम समेत अघि बढाइएको बताउनु भयो ।

उहाँले इलामको कन्याम, अन्तु, धनकुटाको भेडेटार, तीनजुरे लगायतका पर्यटकीय गन्तव्यहरूमा सहज पहुँच सुनिश्चित गर्न ‘टुरिष्ट कार्ड’को व्यवस्था गरिएको उल्लेख गर्नुभयो । प्रदेश सरकारले विदेशी पर्यटकका लागि एकीकृत जाँच प्रणाली र एकीकृत कर प्रणालीको व्यवस्था गर्न समेत काम गरिरहेको मन्त्री मण्डको दाबी छ ।

उहाँले कोशी प्रदेशका पर्यटकीय तथा धार्मिकस्थलहरुको संरक्षण तथा प्रवद्र्धनका लागि तीन तहको सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको समेत बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस