२०८२ श्रावण ५ गते, सोमबार १५:४८

सिरहा –

सिरहा नगरपालिका स्थित कारागारमा आइतबार दिउँसो करिब ४ बजे कैदीबन्दीहरूबीच कुटाकुट भएको छ। यो घटनामा दुवै पक्षका १३ जना घाइते भएका छन्।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार, कारागार प्रशासन र सुरक्षा अधिकारीहरूको टोली घटनास्थल पुगेर आवश्यक सोधपुछ गरिरहेको छ। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ, र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ। घटनाको प्रारम्भिक छानबिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकसहितको टोली कारागार पुगेको छ।

सिरहा कारागारमा क्षमताभन्दा साढे तीन गुणा बढी कैदीबन्दी रहेको र अवैध कारोबारको आशङ्कामा शनिबार बिहान जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले कारागारका हरेक कोठामा सर्च अपरेसन गरेको थियो। सर्च अपरेसनको भोलिपल्ट भएको यो झडपले कारागारको आन्तरिक सुरक्षा र व्यवस्थापनमाथि प्रश्न उठाएको छ।

जिल्ला प्रशासनले घटनाको विस्तृत अनुसन्धान गरिरहेको र दोषीमाथि कारबाही हुने जनाएको छ। साथै, कारागारमा थप सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया

समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यका निकायहरुबाटै व्यापक रुपमा मानव अधिकार उल्लङ्घन भइरहेको टिप्पणी गर्नुभएको छ । आईतवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद गौतमले यस्तो टिप्पणी गर्नुभएको हो । सामाजिक सञ्जालमा टिप्पणी गरेका आधारमा पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । सांसद गौतमले पछिल्लो समय देखिएका मानव अधिकार उल्लङ्घनसम्बन्धी कुराहरु मानव अधिकारको प्रतिवेदनमा समेट्नुपर्ने बताउनु भयो । सांसद गौतमले न्यायिक हिरासतमा परेका व्यक्ति पुनः प्रहरीले हिरासतमा राख्ने अभ्यासप्रति आपत्ति जनाउनु भयो । उक्त अभ्यास नेपालबाहेक अन्यत्र नरहेको उहाँको जिकिर छ ।

पोडकास्ट सुन्नुहोस