काठमाडौं –

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधानले अंगिकार गरेका समानता र मानव अधिकारका मापदण्डलाई कार्यान्वयन गर्न आवश्यक कानून निर्माण प्रक्रिया तिब्र गतिमा अघि बढिरहेको बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभाअन्तर्गको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले यस्तो बताउनुभएको हो । भेदभाव अन्त्य र मानव अधिकारको संरक्षणका लागि आवश्यक कानून निर्माण तथा संशोधनको प्रक्रिया तिब्र गतिमा अघि बढिरहेको उहाँको भनाइ छ । उहाँले मानव अधिकारसँग सम्बन्धीत चार वटा महत्वपूर्ण विधेयकहरु मन्त्रिपरिषद्मा पुगिसकेको उल्लेख गर्नुभयो । मन्त्री चौरसियाले नागरिकलाई प्रहरीले कुनै अपराधको आरोपमा सिधै पक्राउ गर्ने प्रथालाई हटाउँदै अग्रिम जमानतको कानुनी व्यवस्था गर्न कानून निर्माण प्रक्रिया अघि बढाएको पनि बताउनु भयो । उहाँले नेपालको न्यायपालिका दक्षिण एशियाकै उत्कृष्ट र स्वतन्त्र रहेको गर्नुभयो ।
कानुन निर्माण र संशोधनका विषयमा कानून मन्त्रालय सधैं गम्भीर र जिम्मेवार रहेको उहाँको भनाइ छ ।