काठमाडौं –

नेपाली काँग्रेस सांसद राजेन्द्र बजगाईंले डा. शेखर कोईरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना नरहेको बताउनुभएको छ ।
पार्टीका सांसद एवं कोईराला पक्षधर नेताहरुसँगको भेटपछि आईतवार काठमाडौंमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा समसामयिक राजनीतिका अवस्थाबारे छलफल भएको बताउनु भयो । बैठकमा नेता कोईरालाले आफूले प्रमुख प्रतिपक्ष दलका नेता र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुको कारणबारे ब्रिफिङ गर्नुभएको बताउनु भयो । सरकारले सुशासन कायम गर्न नसकेको, भिजिट भिसा लगायतका प्रकरणमा आफ्नो फरक राय रहेको र त्यही कुरा प्रमुख प्रतिपक्षी दलका नेता र एमाले नेतृ भण्डारीसँग राखेको बताउनुभएको डा. कोईरालाको भनाइ उद्धृत गर्दै सांसद बजगाईंले जानकारी दिनुभयो ।
राष्ट्रिय दलको कुनै नेताले अन्य दलका नेताहरुसँग कुरा गर्नुलाई सामान्य रुपमा लिनुपर्ने बताउनु भयो ।