काठमाडौं –
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ। नयाँ मूल्य गएराति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (IOC) बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार समायोजन गरिएको हो।
त्यसैगरी, अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा बिक्री हुने हवाई इन्धनमा प्रतिकिलो लिटर २१ अमेरिकी डलरले वृद्धि गरिएको छ। पोखरा र भैरहवाका लागि भने ‘ब्रेक डाउन पोइन्ट’ मा मूल्य यथावत् राखिएको निगमले जनाएको छ।
एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् राखिएको निगमले स्पष्ट पारेको छ।
Post Views: 29