२०८२ भाद्र १ गते, आईतवार १९:२१

काठमाडौँ-
भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी आज काठमाडौँ आइपुगेका हुन् ।

भ्रमणका क्रममा मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिने कार्यक्रम छ । साथै, नेपाल–भारत साझेदारीका विभिन्न पक्ष, कनेक्टिभिटी, विकास सहयोग तथा पारस्परिक हितका विषयहरूमा दुई देशका सचिवबीच छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा रहँदा उनले उच्च सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस