२०८३ असार ३० गते, मंगलवार ०७:४९

कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम रानामगर

काठमाडौं –

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा इच्छुराम रानामगर सर्वसम्मत चयन भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सम्पन्न तेश्रो राष्ट्रिय महाधिवेशनबाट रानामगरको नेतृत्वमा ३२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

उपसभापतिमा कृष्ण थापामगर, उमा थापामगर र जनककुमार वाँठामगर, महामन्त्रीमा रामबहादुर थापामगर, सहमहामन्त्रीमा खडकबहादुर थापा, हस्त पुन, सरिता रानामगर र कोषाध्यक्षमा गायत्री रानामगर चयन भएका छन् ।

केन्द्रीय कार्यसमितिका सदस्यहरू बमेन्द्रबहादुर बुर्जामगर, मानबहादुर मगर, ओमबहादुर मगर, रमेश थापामगर, सुरेश थापामगर, देवीकुमारी बुढा, गोपाल रानामगर, नारायण जिएम चयन भएका छन् ।

प्रदेश सदस्यमा जगतबहादुर रानामगर, शकुन्तला मगर, भगवानबहादुर दर्लामीमगर, चन्द्रिकाकुमारी मगर, बुद्धिबहादुर पुलमीमगर, उर्मिलाकुमारी पुलामी, यामबहादुर राना, केशकुमारी राना, प्रेमबहादुर कामुमगर, धनकुमारी राना, कमल घर्तीमगर, चन्द्रा आलेमगर, प्रेमबहादुर सुर्जामगर र रिनादेवी मगर चयन भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

पोडकास्ट सुन्नुहोस