२०८३ आश्विन २७ गते, मंगलवार २०:२०

६–७ हजार बचतकर्ताको बचत भुक्तानी भइसक्यो : मन्त्री अधिकारी

काठमाडौं –

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालसम्म छसात हजार बचतकर्ताको बचत भुक्तानी भइसकेको बताएका छन् ।

सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले समस्याग्रस्त घोषणा भएका तीन सहकारीको समस्या समाधान भइसकेको र दुई सहकारीको समस्या समाधानको चरणमा रहेको जानकारी दिए ।

मन्त्री अधिकारीले सहकारीको समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखिएको भन्दै बचतकर्ताले चाँडै राहत पाउने विश्वास दिलाए ।

‘अहिलेसम्म ६–७ हजार बचतकर्ताको बचत भुक्तानी भइसकेको ५६ हजार बचतकर्ताको आंशिक भुक्तानी अझै बाँकी छ, तर अबको डेढ वर्षभित्र समस्या समाधान हुन्छ ।  नेपाल ट्रष्टको नाममा कहाँ–कहाँ जग्गा छ भनेर खोज्दैछौं, केहीमा सफलता मिलिसकेको छ, केही अझै बाँकी छन्,’ उनले भने ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस