२०८२ भाद्र २१ गते, शनिबार १२:५२

नेपाली समाजमा अहिले बेचैनी र व्यापक आक्रोश छ : गगन थापा

काठमाडौं –

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिक अवस्थालाई बिपी कोइरालाको विचारबाट मूल्यांकन गर्न आवश्यक रहेको बताएका छन् ।

शनिबार जननेता विश्वेश्वरप्रसाद कोइरालाको ११२ औं जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक गोष्ठीमा बोल्दै थापाले दक्षिण एसियाका मुलुकहरूसँग तुलना गर्दा नेपाल लोकतन्त्रको हिसाबले सहज अवस्थामा रहेको बताए ।

‘पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, र भारतजस्ता मुलुकसँग तुलना गर्दा नेपाल लोकतन्त्रको दृष्टिले सहज अवस्थामा छ,’ थापाले भने, ‘लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष आवधिक निर्वाचन हो र त्यही निर्वाचनबाट आएको शक्तिलाई सहज रुपमा सत्ता हस्तान्तरण गर्ने प्रक्रिया हो । नेपाल अहिले यही चक्रमा स्थापित भइसकेको छ ।’

थापाले नेपाली समाजमा बढ्दो असन्तुष्टि र बेचैनीप्रति पनि ध्यानाकर्षण गराउँदै अहिले देशभर आक्रोश र निराशा बढेको बताए ।

‘हामी सबैले महशुस गरेको कुरा नेपाली समाजमा बेचैनी व्याप्त छ,’ उनले भने,  ‘पहिलाको समयमा आशा थियो नेपालमा तर अहिले व्यापक असन्तुष्टि छ । आक्रोश  छ । कहीं न कहीं आगो बलेको देखिन्छ । यो समस्या नेपालको  मात्रै नभइ विश्वभरी यस्तै भइरहेको छ ।’

थापाले यस्ता परिस्थितिमा बिपी कोइरालाको लोकतान्त्रिक सोच र समाजवादी दृष्टिकोणलाई आत्मसात गर्दै वर्तमान समस्याको समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस