२०८३ आश्विन २८ गते, बुधबार ०८:०७

पर्सामा मधेस प्रदेशकै पहिलोपटक भूमिहीनलाई लालपुर्जा वितरण

पर्सा –

भूमि समस्या समाधान आयोग पर्साले मधेस प्रदेशकै पहिलोपटक भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको छ।

शनिबार पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ मा आयोजित विशेष कार्यक्रममा आयोगका अध्यक्ष तबरेज अहमदले पहिलो चरणमा ३७ जना भूमिहीन दलित र ७ जना अव्यवस्थित बसोबासी गरी कुल ४४ जनालाई लालपुर्जा हस्तान्तरण गरेका हुन्।

गाउँपालिका अध्यक्ष जसवन्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लालपुर्जा पाएका स्थानीयले आफ्नो जीवनमा नयाँ आशा जागेको बताएका थिए।

अध्यक्ष अहमदले गोप्यखबरसँग कुरा गर्दै भने, “यो मधेस प्रदेशमै पहिलोपटक पर्सामा लालपुर्जा वितरण भएको हो, जसलाई हामी ऐतिहासिक उपलब्धि मान्छौँ। आगामी चरणमा तिहारअघि नै थप भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको छ।”

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस