२०८३ असार १९ गते, शुक्रबार ०५:१३

जेन–जी समूहद्वारा गृहमन्त्री अर्याललाई ध्यानाकर्षण पत्र

वीरगंज-

जेन–जेड आन्दोलनकारी समूह, पर्साको एक टोलीले अन्तरीम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर आफ्ना मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ।

ध्यानाकर्षण पत्रमा हाल देशभर भइरहेका आन्दोलनको प्रसंग उल्लेख गर्दै नेपाल प्रवेशद्वारको रुपमा चिनिने वीरगंजले प्रत्येक राजनीतिक परिवर्तनमा अग्रणी भूमिका खेलेको स्मरण दिलाइएको छ।

पत्रमार्फत आन्दोलनकारीहरूले आफूहरूलाई विभिन्न पक्षबाट डर–धम्की दिने, झुठा मुद्दा लगाएर फसाउने प्रयास भइरहेको आशंका व्यक्त गर्दै त्यसबारे छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेका छन्। साथै, जेन–जेड आन्दोलनकारीलाई झुठा मुद्दामा नफसाइदिन गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ।

समूहले प्रस्तुत गरेको मागपत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख हुनुपर्ने, राजनीतिक नियुक्ति खारेज गरी योग्य र शिक्षित व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने, दलगत पेशागत संगठन खारेज गर्नुपर्ने, अख्तियार दुरुपयोगको ठाउँमा नागरिक आयोग गठन गर्नुपर्ने र निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने जस्ता माग समेटिएका छन्।

सो अवसरमा सुधीर पटेल, बीरेन्द्र कण्ठ, महादेव कुर्मी, वसिम शेख, सन्जय श्रेष्ठ, शेख जमसेद, सागर यादव, मुकेश यादवलगायत युवा सहभागी थिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस