२०८३ आश्विन २८ गते, बुधबार ०३:२०

निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्छ : प्रचण्ड

फाईल तस्विर

काठमाडौं –

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन हुनुपर्ने धारणा राखेका छन् । उनले निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्ने बताएका छन् ।

बुधबार विहान जनकपुर विमानस्थलमा सञ्चारकमीहरुसंग कुरा गर्दै संयोजक प्रचण्डले सरकारले हिजो संसदीय दलहरुसंग वार्ता गरेकोले सरकार विस्तारै निर्वाचनतीर गम्भिर हुँदै गएको आभास भएको बताए । तर अझैपनि निर्वाचनको वातावरण भने नबनेको महशुस भएको उनले बताए ।

असाधारण परिस्थितीमा अन्तरिम सरकारले निर्वाचन हुनुपर्छ भनेदेखि नेकपा माओवादी पार्टीले सबैभन्दा पहिला केन्द्रिय समितिको बैठक बसेर निर्वाचनमा जाने निर्णय गरेको संयोजक प्रचण्डले जनाए ।

उनले जेनजी आन्दोलन पछि सार्वजनिक रुपमा अपिल गर्ने पार्टी पनि माओवादी केन्द्र मात्र भएको बताए । उनले राजधानी बाहिर मधेशमा आएर खुला रुपमा कार्यक्रर्म गर्ने पनि नेकपा माओवादी केन्द्र पहिलो पार्टी भएको जानकारी दिए ।

संयोजक प्रचण्डले समाजवादी मोर्चामा भएका पार्टीहरु एकता प्रक्रियामा अगाडि बढेकोले छठ पर्व पछि नयाँ परिस्थिती हेर्न सकिने जानकारी दिए ।

प्रचण्ड आज महोत्तरीमा हुने एक कार्यक्रममा सहभागी हुन आएका हुन् ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस