२०८३ आश्विन २८ गते, बुधबार ०३:२९

मुख्यमन्त्री जितेन्द्र सोनल छठपछि विश्वासको मत लिने तयारीमा

जनकपुरधाम –
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले छठ पर्व सम्पन्न भएपछि प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

मुख्यमन्त्री सोनललाई गत असोज २९ गते प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेकी थिइन्। नेपालको संविधान अनुसार मुख्यमन्त्रीले नियुक्ति भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ। चाडपर्वको कारण औपचारिक प्रक्रिया केही ढिलो भएको बताउँदै मुख्यमन्त्री कार्यालयले छठ पर्वपछि विश्वासको मत लिने तयारी पूरा भइरहेको जनाएको छ।

सोनल जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

प्रदेश सभामा यी पाँच राजनीतिक दलका जम्मा ५७ जना सांसद छन् — जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ जना।
१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्ने भएकाले सोनलले विश्वासको मत सहजै प्राप्त गर्ने सम्भावना देखिन्छ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस