२०८२ कार्तिक ३० गते, आईतवार २१:३१

मधेश प्रदेशमा सोनलको आरोपः “प्रदेश प्रमुखले जनतासँग धोका दिइन्”

पर्सा –

मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि ‘मधेशका जनतासँग धोका दिएको’ आरोप लगाएका छन्।

सोनलले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो क्लिपसहित प्रतिक्रिया दिँदै भनेका छन्, “मधेश प्रदेशको जनतासँग धोका भयो।” उनले विश्वासको मत नपाएपछि केही दिनअघि मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

सोनलले आरोप लगाउँदै भनेका छन्, “स्वास्थ्य उपचारका लागि काठमाडौँ जाँदैछु भनेर जनकपुरबाट निस्केकी प्रदेश प्रमुख भण्डारीले बाटोमै नयाँ मुख्यमन्त्रीलाई शपथ गराइन्। उनले सिन्धुली र महोत्तरीको सिमानामा रहेको एउटा होटलमा प्रदेशको अस्मितामाथि खेल गरिन्।”

उनका अनुसार, सोमबार बिहान आफूले नै प्रदेश प्रमुख भण्डारीलाई उपचारका लागि काठमाडौं जाँदैछिन् भनेर बिदाइ गरेका थिए, तर भण्डारीले बाटोमै एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको रूपमा शपथ गराएको बताए।

सोमबार बिहान प्रदेश प्रमुख भण्डारीले सरोज यादवलाई मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ गराएकी थिइन्।

पोडकास्ट सुन्नुहोस