२०८२ कार्तिक २५ गते, मंगलवार १३:४४

सरकारले मधेश प्रदेश प्रमुख भण्डारीलाई पदबाट हटायो

काठमाडौं –

सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई तत्काल प्रभावबाट पदमुक्त गर्ने निर्णय लिएको हो ।

भण्डारीलाई प्रदेश प्रमुखबाट हटाउने निर्णय हालै मधेश प्रदेशमा देखिएको राजनीतिक विवाद र घटनाक्रमसँग जोडिएको छ ।

प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया र त्यसपछिका घटनाबारे व्यापक विवाद उत्पन्न भएपछि केन्द्र सरकारले यस्तो निर्णय लिएको बताइएको छ ।

पोडकास्ट सुन्नुहोस