२०८२ कार्तिक २५ गते, मंगलवार १३:३१

दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिक पार्किङमा विस्फोट, एक जनाको मृत्यु, पाँच भन्दा बढी घाइते

नयाँ दिल्ली, भारत –

दिल्लीको लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर–१ नजिक सोमबार दिउँसो पार्किङमा राखिएको एउटा कारमा अचानक विस्फोट भएको छ।

विस्फोटपछि आगो तीव्र रूपमा फैलिँदा नजिकै पार्किङ गरिएका तीनवटा अन्य सवारीसाधन समेत जलेका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार, हालसम्म घटनामा एक जनाको मृत्यु भएको छ भने पाँचभन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेहरूलाई नजिकको अस्पतालमा उपचारका लागि पठाइएको छ।

घटनापछि तुरुन्तै दमकल विभागका टोली स्थलमा पुगेर आगो नियन्त्रणमा लिएको दिल्ली फायर विभागका अधिकारीहरूले जनाएका छन्।

विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

फरक–फरक कोणबाट प्रमाण संकलनका लागि घटनास्थलमा फरेन्सिक टोली परिचालित गरिएको छ भने वरपरका सीसीटीभी फुटेजहरू पनि प्रहरीद्वारा जाँच भइरहेका छन्।

यस घटनापछि सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरिएको छ।

पोडकास्ट सुन्नुहोस