वीरगन्ज –
पर्सा प्रहरीले वीरगन्जको प्रतिमा चौकबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइिन सहित चार जना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र लागुऔषध नियन्त्रण ब्युरा वीरगन्जको संयुक्त टोलीले ४५ ग्राम खैरो हिरोइन सहित एक जना भारतीय र तीन जना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
संयुक्त टोलीले खैरोहिरोइन सहित वीरगन्ज महानगरपालिका वडा नं. १९ विन्दवासिनी निवासी वर्ष ३०का शम्भु राउत कम्कर, वीरगन्ज–१६ निवासी वर्ष १९का चन्दन कुमार पंडित, वीरगन्ज– १ निवासी वर्ष ४०का राजकिशोर मिश्रा र भारतको मोतिहारि छटौना थान वडा नं. ६ निवासी वर्ष २७का सचिन सिंहलाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय पर्सका प्रक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो।
उहाँले वीरगन्ज महानगरपालिकाको वडा नं. १५ प्रतिमा चौकमा संकास्पदरुपमा हिडडुल गरि रहेका कम्करमाथि संकालागि चेक जाँच गर्दा उनले लगाएको जिन्स पाइनटको दाहिने पाकेटबाट ४५ ग्राम खैरो हिरोइन बरामद भएपछि उनी संगै रहेका अन्य तीन जनालाई आवस्यक अनुसन्धानका लागि नियन्त्रणमा लइएको बतानुभयो।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि लागुऔषध मुद्दामा अनुन्धानलाई अगाडी बढाएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो।
Post Views: 23















