२०८२ माघ २७ गते, मंगलवार ०६:३८

नेजपा क्षेत्र नं. ४ को क्षेत्रीय समिति पुनर्गठन, मुना कुर्मीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन

वीरगन्ज-

नेपाल जनता पार्टी (नेजपा) पर्साले आफ्नो साङ्गठनिक विस्तारलाई तीव्रता दिँदै शनिबार निर्वाचन क्षेत्र नं. ४ को नयाँ क्षेत्रीय कार्यसमिति शनिवार घोषणा गरेको छ। धोबनी गाउँपालिका वडा नं. ३ स्थित हरिहरपुर मठमा आयोजित एक विशेष भेलाका बिच मुना प्रसाद कुर्मीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

नयाँ गठित कार्यसमितिको उपाध्यक्षमा मिलन चौरसिया, महामन्त्रीमा प्रमिन्द्र पटेल, मन्त्रीमा बलिराम साह कानु सनातनी र प्रवक्ताको जिम्मेवारीमा राजन कुशवाहा चयन भएका छन्। त्यसै गरी समितिको सदस्यहरूमा सम्पत कुशवाहा, निरज पटेल, गोपाल साह, लालबाबु साह, दिपु श्रीवास्तव, दीपेन्द्र कुशवाह, जंगबहादुर चौरसिया, मोनु साह कानु, रवीन्द्र पटेल, महेश कुर्मी, हरमुल होदा, नन्दलाल महतो, दिपु तिवारी, नरेश कुशवाहा र मदन महतो लगायत रहेका छन्।

समिति घोषणा कार्यक्रममा बोल्दै पार्टीका नेताहरूले नेपाल जनता पार्टीको मुख्य लक्ष्य नेपाललाई पुनः ‘सनातन हिन्दू राष्ट्र’ का रूपमा स्थापना गर्नु रहेको बताए। पार्टीले सनातन हिन्दू धर्मको रक्षा र संवर्द्धनका लागि अहोरात्र खटिने सम्पूर्ण अभियन्ताहरूप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी दिनमा साङ्गठनिक सङ्घर्षलाई थप सशक्त बनाउने उद्घोष समेत गरेको छ।

कार्यक्रममा नेपाल जनता पार्टीका केन्द्रीय वरिष्ठ नेता सन्तोष पटेल र संगठन महामन्त्री ई. राजिनन्द चौधरीको विशेष उपस्थिति रहेको थियो। त्यसै गरी केन्द्रीय सदस्यहरू सुरेश साह कानु र अधिवक्ता विनोद प्रसाद कुर्मी, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, महामन्त्री नवीन मिश्रा, कोषाध्यक्ष राजेश कलवार, सह-कोषाध्यक्ष सन्तोष कुशवाहा, जिल्ला सदस्यहरू पियस गुप्ता र सुमन्त कुमार द्वीपले नयाँ समितिलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा महिला नेतृ उषा श्रीवास्तव र हरिहरपुर वडा समितिका अध्यक्ष राजकुमार तिवारी लगायत स्थानीय कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

पोडकास्ट सुन्नुहोस