(एजेन्सी)-
भारतको औद्योगिक उत्पादन सूचकांकले नोभेम्बर महिनामा ६.७ प्रतिशतको वृद्धि हासिल गरेको छ । संघीय तथ्याङ्क र कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अक्टोबर महिनामा ०.४ प्रतिशत रहेको वृद्धिदर नोभेम्बरमा उल्लेख्य रूपमा बढेको हो ।
मन्त्रालयकाअनुसार औद्योगिक उत्पादनमा आएको यो उछाल मुख्यतया उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रमा भएको ८ प्रतिशतको वृद्धिका कारण सम्भव भएको हो । तथ्याङ्कअनुसार तीन मुख्य क्षेत्रहरूमध्ये खानी क्षेत्रमा ५.४ प्रतिशत र उत्पादन क्षेत्रमा ८ प्रतिशतको वृद्धि देखिएको छ भने विद्युत क्षेत्रमा १.५ प्रतिशतको गिरावट दर्ता भएको छ ।
Post Views: 31















