२०८३ असार ६ गते, शनिबार १७:२७

कोशी प्रदेशबाट भित्रियो मनसुन 

काठमाडौं –

शुक्रबारदेखि नेपालमा यस वर्षको मनसुन प्रणाली औपचारिक रुपमा प्रवेश गरेको छ । 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मनसुन आगमन बुलेटिन अनुसार कोशी प्रदेशको केही भूभागबाट मनसुन नेपाल भित्रिएको हो । यद्यपी, नेपालका अन्य भूभागमा भने मनसुन फैलिन अझै केही दिन लाग्नेछ ।

विभागका अनुसार बंगालको खाडीबाट विकसित मनसुनी वायु नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको छ । हाल मनसुनको प्रभाव विशेषगरी कोशी प्रदेशका केही क्षेत्रमा देखिएको छ ।

अहिले मनसुन कमजोर अवस्थामै रहे पनि आगामी केही दिनमा क्रमशः देशका अन्य भूभागमा समेत फैलिने सम्भावना रहेको विभागले जनाएको छ । 

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस