काठमाडौँ-
विशेष अदालत, काठमाडौँले सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी अनुसन्धानका लागि नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले उक्त अनुमति दिएको हो।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद आर्थिक कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिसमा पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको थियो।
यसअघि पनि अदालतले पौडेलमाथिको अनुसन्धानका लागि तीन पटकसम्म म्याद थप गरिसकेको थियो।












